लागुऔषधसहित दुई पक्राउ « Khabarhub

लागुऔषधसहित दुई पक्राउ


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागूऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।  

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालगञ्जबाट सुर्खेततिर आउँदै गरेको क १ प ५२९ नम्बरको मोटरसाइकल जाँच गर्दा ब्राउनसुगर र नाईट्राभेट (लागूऔषध) फेला पारेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक मोहमद र सोही मोटरसाइकल पछाडि सवार खानलाई जाँज गर्दा दुई पुरिया प्लास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, सात ट्याबलेट नाईट्राभेट बरामद गरिएको प्रवक्ता पाण्डेले बताए।

 पक्राउ परेका दुवैलाई सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : ५१ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान