पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते « Khabarhub

पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते


२२ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु१च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका-५, चरचरेमा दुर्घटना हुँदा रामपुर नगरपालिका-३, गण्डकीढिक स्थायी घर भई रामपुर-५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए ।

रामपुर नगरपालिका-३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ७ : ३५ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान