धनगढीमा सुपर लिग क्रिकेट प्रतियोगिता हुने « Khabarhub

धनगढीमा सुपर लिग क्रिकेट प्रतियोगिता हुने


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीमा आगामी जेठ ५ गतेदेखि क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता आयोजना गरिने भएको हो ।

यहाँको खेल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले धनगढी सुपर लिग आयोजना गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

क्रिकेटको सहर भनेर चिनिएको धनगढीलाई अब पर्यटकीय सहर पनि बनाउन र यसको गरिमा थप माथि पुर्‍याउन यो प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ ।

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लब बुङ्गल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लब धनगढीको सहभागिता रहने बताइएको छ ।

टी–ट्वान्टी फर्मेटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले एक लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले सात हजार ५०० नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई नगद दुई हजार ५०० सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १० : २१ बजे

एमाले महाधिवेशनमा नौमती बाजा

काठमाडौं– नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमा महिला समूहको टोलीले नौमती बाजा

देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर

गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र

काठमाडौं – गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक (तस्बिरहरू)

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी– उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू