भक्तपुरको नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो « Khabarhub

भक्तपुरको नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मन्दिरमा मेला लाग्ने गर्दछ ।

सर्वसाधारण भक्तजनको सुबिधाका लागि बिहान ५ बजेदेखि ढोका खुला गरिएको नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका सचिव रत्नमान वनमालाले जानकारी दिए । आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर भगवान् कुमारको पूजा–आराधना गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी), आरुबखडा, काँक्रोलगायतका पकवान नवदुर्गा भवानीलाई चढाउने परम्परा छ ।

भगवान् कुमारको जन्मदिनसमेत भएकाले आजको दिन नेवार समुदाय कुमार र नवदुर्गा गणको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष बारा र म्हुछ्यामढीसमेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलनसमेते छ ।

अनादीकालदेखि मानिँदै आएको नवदुर्गा भवानीलाई आजको दिन भक्तपुर र मध्यपुरथिमी नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । आजको दिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : २२ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी