बागमती प्रदेश प्रमुख शर्माबाट दुई विधेयक प्रमाणीकरण « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माबाट दुई विधेयक प्रमाणीकरण


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा १० बमोजिम प्रदेश प्रमुख शर्माले ‘आर्थिक वर्ष २०७९/ ८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

बागमती प्रदेश सभाको १६ असारमा बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा २० बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/ ८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईंले बताए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : ५५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल