भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री « Khabarhub

भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार काठमाडौँमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औँ प्रज्ञा सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुने विषयलाई संविधानले सुनिश्चित गरेको भन्दै त्यसको पूर्ण कार्यान्वयन हुने बताएका हुन्।

उनले सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै आमजिवनमा सृजनशीलताको सञ्चार गर्ने गरेको जिकिर गरे। नाट्य प्रज्ञा–प्रतिष्ठानले नाट्य, नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र संवर्द्धनमा समेत कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको धारणा राखे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवर्द्धनको निम्ति आफूले सक्दो पहल गर्ने बताए।

त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली साहित्य क्षेत्रको विकासमा सबै लाग्नुपर्ने जिकिर गरे।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण