भक्तपुरका ५३८ उम्मेदवारले बुझाए खर्च विवरण « Khabarhub

भक्तपुरका ५३८ उम्मेदवारले बुझाए खर्च विवरण


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये ५३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल ९२८ जना उम्मेदवार बनेकामा ५३८ जनाले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४९४० तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तहमा उम्मेदवार बनेका प्रत्येकले निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार अझै ३९० उम्मेदवारले खर्चको विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए। उनले असार मसान्तसम्ममा बाँकी उम्मेदवारले पनि खर्चको विवरण बुझाउने बताए । सूचना अधिकारी बिसीले विवरण बुझाउनेहरुको विवरण रुजु गर्न बाँकी रहेकाले कुन दल, कुन स्थानीय तहका उम्मेदवार र निर्वाचित वा पराजित क–कसले खर्च विवरण बुझाएका हुन्  यकिन गर्न बाँकी रहेको जानकारी दिए । ‘समय अभावका कारणले खर्च विवरण बुझाउनेहरुको पार्टी, नगरपालिका र वडा केही छुट्याउन सकिएको छैन,’ उनले भने, ‘आएको जति सबैको अहिले दर्ता मात्र गरिएको छ, अरू केही खुलाइएको छैन ।’

सूचना अधिकारी बिसीले असार मसान्तसम्म पनि विवरण नबुझाउनेहरुलाई निर्वाचनसम्बन्धी ऐनअनुसार कारबाही गरिने  जानकारी दिए । 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ३ : ५० बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले