पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ « Khabarhub

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उनले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्नसमेत आग्रह गरेका छन्।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रवर्द्धन गर्ने हिसाबले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहेको जानकारी दिए । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न काम गरिरहेको जानकारी दिँदै बोर्ड मन्त्रीबाट प्राप्त रचनात्मक निर्देशन र सुझावअनुरूप काम गर्न सधैँ तयार रहेको बताए । सो अवसरमा कार्यकारी प्रमुख डा रेग्मीले पर्यटन बोर्डका गतिविधिका बारेमा समेत जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रवर्द्धन तथा नयाँ कार्यक्रम कार्यान्वयनका लागि बोर्डका कर्मचारी सधैँ तत्पर रहको बताए। सोही अवसरमा फोटो पत्रकार भरतबन्धु थापाले लेखन तथा सङ्कलन गरेको ‘वेस्र्टन नेपाल’ नामक पुस्तकको विमोचनसमेत गरिएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : १५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण