प्रदेश नं १ सरकारद्वारा कार्यविधि स्वीकृत « Khabarhub

प्रदेश नं १ सरकारद्वारा कार्यविधि स्वीकृत


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ सरकारले यातायात व्यवस्था निर्देशनालयको सङ्गठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ । प्रदेश नंं १ मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनामा परेका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार सङ्कलन ९स्रो संशोधन नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको छ ।

कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्याङ्कन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त सङ्गठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति सम्बन्धमा पनि बैठकले निर्णय गरेको मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रेस संयोजक बन्धु पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ५१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण