कतारमा राजदूत ढकालले बढाए सक्रियता « Khabarhub

कतारमा राजदूत ढकालले बढाए सक्रियता


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेसँगै कतारको परराष्ट्र मन्त्रालयका विभिन्न निकायका प्रमुखहरूसँग भेटघाटका सक्रियता बढाएका छन् ।

६ जुलाईमा दोहा आइपुगेका राजदूत ढकालले १९ जुलाईमा यहाँको परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेसँगै भेटवार्ता सुरु गरेका थिए ।

उनीहरुबीच भएको शिष्टाचार भेटवार्ता राज्यमन्त्री मुरैखीले नवनियुक्त राजदूत ढकाललाई सफल कार्यकालको शुभकामना दिँदै कतार र नेपालबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसपछि सोमबार उनले कतारको परराष्ट्र मन्त्रालयका सेक्रेटरी जनरल अहमद बिन हसन अल हम्मादीसँग पनि उनको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्दै उनीहरुबीच पनि दुई देश र जनताबीचको सम्बन्धका विविध आयामहरुका विषयमा छलफल भएको थियो ।

बिहीबार राजदूत ढकालले कतारको परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर मामिला विभागका निर्देशक मुहम्मद अब्दुल्लाह सईद अल-सुबाईसंग पनि भेटवार्ता गरेका छन् ।

अल-सुबाईसको कार्यकक्षमा शिष्टाचार भेटवार्ता उनीहरुबीच दुई देशबीचको सम्बन्ध तथा कतारमा रहेका नेपाली आप्रवासीहरूको कतार बसाई र त्यसका लागि आवश्यक सहजीकरण लगायतका विषयहरूमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : २९ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने