कतारमा राजदूत ढकालले बढाए सक्रियता « Khabarhub

कतारमा राजदूत ढकालले बढाए सक्रियता


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेसँगै कतारको परराष्ट्र मन्त्रालयका विभिन्न निकायका प्रमुखहरूसँग भेटघाटका सक्रियता बढाएका छन् ।

६ जुलाईमा दोहा आइपुगेका राजदूत ढकालले १९ जुलाईमा यहाँको परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेसँगै भेटवार्ता सुरु गरेका थिए ।

उनीहरुबीच भएको शिष्टाचार भेटवार्ता राज्यमन्त्री मुरैखीले नवनियुक्त राजदूत ढकाललाई सफल कार्यकालको शुभकामना दिँदै कतार र नेपालबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसपछि सोमबार उनले कतारको परराष्ट्र मन्त्रालयका सेक्रेटरी जनरल अहमद बिन हसन अल हम्मादीसँग पनि उनको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्दै उनीहरुबीच पनि दुई देश र जनताबीचको सम्बन्धका विविध आयामहरुका विषयमा छलफल भएको थियो ।

बिहीबार राजदूत ढकालले कतारको परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर मामिला विभागका निर्देशक मुहम्मद अब्दुल्लाह सईद अल-सुबाईसंग पनि भेटवार्ता गरेका छन् ।

अल-सुबाईसको कार्यकक्षमा शिष्टाचार भेटवार्ता उनीहरुबीच दुई देशबीचको सम्बन्ध तथा कतारमा रहेका नेपाली आप्रवासीहरूको कतार बसाई र त्यसका लागि आवश्यक सहजीकरण लगायतका विषयहरूमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : २९ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका