काठमाडौँ उपत्यकामा मापसे गरी सवारी चलाउने ११ सयभन्दा बढी कारबाहीमा  « Khabarhub

काठमाडौँ उपत्यकामा मापसे गरी सवारी चलाउने ११ सयभन्दा बढी कारबाहीमा 


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनको संख्या पछिल्ला दिन बढ्न थालेको छ ।

पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बितेको एक सातमा औषतमा प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी चलाएको अवस्थामा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

मापसे गरी सवारी चलाउनेमा नीति सवारी साधन चलाउने देखि स्कुलको बस चलाउने  सवारी चालकसम्म रहेका छन् । शुक्रबार र शनिबारको दिन सबैभन्दा बढी मापसे गरी सवारी चलाउने भेटिने गरेको कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक साताको अवधिमा ट्राफिक प्रहरीले जाँच गर्दा साउन १३ गते २३४, १४ गते १९८, १५ गते ११८, १६ गते ११५, १७ गते १४२, १८ गते १४७ र १९ गते १५४ जना सवारी चालक मापसे गरी सवारी साधन चलाएको अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ५५ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने