दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. चुनावी तालमेलका लागि गठबन्धनमा कार्यदल गठन गरिने

सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा तालमेल गरेर जाने सहमति भएको हो ।

५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरू आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन पनि सहमति भएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

२. तत्काल निक्षेपको ब्याजदर नबढ्ने
नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले गत बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्नसक्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि आज बसेको बैठकमा बैंकहरूले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।

३. एकै दिन तीन वटा सबस्टेसन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणले एकै दिन तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवासंखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा हिजोबाट विद्युत चार्ज गरी सञ्चालनमा ल्याएको हो ।

साथै कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरूवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । यो प्रसारण लाइन एक सय पाँच किलोमिटर लामो रहेको प्राधिकरणले जनाएको छ ।

४. परराष्ट्रमन्त्री नारायण खड्का चीन जाँदै

परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार खड्का साउन २४ गते चिन भ्रमणमा जानेछन् । साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता समेत हुनेछ ।

त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्ने जनाइएको छ । परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

५. माओवादी अध्यक्ष प्रचण्ड आज जापान जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाने भएका छन् । आज राती साडे १० बजे प्रचण्ड जापान प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्‌ । प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको बताइएको छ । जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन ।

उनी साउन २५ मा स्वदेश फर्किने तालिका रहेको छ ।

६. एआईजी पोखरेलले पाए अवकाश
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको राजिनामा स्वीकृत नभई अनिवार्य अवकाश पाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण उनले आजदेखि अनिवार्य अवकाश पाएका हुन् ।

आईजीपी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको पोखरेल वैशाख १९ बाट प्रहरी प्रधान कार्यालयमा हाजिर भएका थिएनन् । उनले दायर गरेको रिट सर्वोच्च अदालतले असार ३१ मा खारेज गरेको थियो ।


७.  पहिरोले पुरिएर दुईजना घाइते

पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका २ मा दुई जना घाइते भएका छन् । आज बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा २ घर पुर्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ ।

पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको हात भाँचिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

८. कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट कैलालीको सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

अल्कोहलिक हेपाटाईटिसको बिरामी समेत रहेका उनलाई कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि  हिजोदेखि  अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।

९.मंकीपक्सका कारण अमेरिकामा संकटकाल घोषणा

मंकीपक्सका बिरामीहरू दिनानुदिन बढ्दै गएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको हो ।

अमेरिकामा हाल ६ हजार ६ सय जना मंकीपक्सका बिरामीहरू फेला परेका छन् । बिरामीहरू मध्ये अधिकांश समलिङ्गीहरु रहेको जनाएको छ ।

१०. साफ च्याम्पियनसिपको फाइनल खेल आज हुने

भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने फाइनलमा आयोजक राष्ट्र भारत र बंगलादेशबीच  प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । साविक विजेता भारत घरेलु भूमिमा उपाधि राख्न चाहन्छ । यता, बंगलादेश पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

अपराजित रहेको बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुगेको हो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : ४३ बजे

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

धनगढी– कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ परेका छन् । जिल्ला

प्रचण्डको तस्वीर जलाउने राप्रपानिकट युवा निराजन बम पक्राउ

काठमाडौं- हेटौंडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको

राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेन : मन्त्री भण्डारी 

सुर्खेत- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले राउटेलाई देखाउने काम

एमाले सांसद पन्तको दाबी- राजा महेन्द्रले हटाएको चुच्चे नक्सा गणतन्त्रले फर्कायो

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र

नागरिकलाई भार नपर्ने गरी कोष बलियो पार्ने स्वास्थ्यमन्त्रीको योजना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको