हास्य कलाकार घनश्यामले ल्याए ‘लुटतन्त्र’  « Khabarhub

हास्य कलाकार घनश्यामले ल्याए ‘लुटतन्त्र’ 


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् । लुटतन्त्रमा समसामयिक राजनीतिक विषयवस्तुलाई र नेताहरूको अकर्मण्यता माथि तिखो व्यंग्य प्रहार गरिएको छ ।

‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा ढालिएको गीतमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् । कोचे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारहरू सुभास गजुरेल, कमल मैनाली, दमन रूपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेल, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सविता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विश्वकर्मा, सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायत छन् ।

भिडियोमा केशव अधिकारी खत्रीको छायांकन, कोचे मल्टिमिडियाको निर्माण तथा अभियान साहित्य कलाकार समाजको सहनिर्माण छ । गीतमा संयोजकको कोरियोग्राफी, प्रेम शर्मा पौडेलको सम्पादन र घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ को लेखन र परिकल्पना छ । एउटा प्यारोडी, एउटा लाइभ दोहोरी समावेश गरिएको उक्त प्रस्तुतीमा भ्रष्टाचार,  महङ्गी, बेथिति र भ्रष्ट नेता मन्त्रिहरुको भन्डाफोर गरिएको छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : ४६ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने