ईश्वरपुर नगरपालिका–४ : शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित « Khabarhub

ईश्वरपुर नगरपालिका–४ : शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– ईश्वरपुर नगरपालिका–४ लाई  जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको शतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।

वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको सहयोगमा ‘वडाका सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ ।’ भन्ने नारासहित अभियान सञ्चालन गरेर उक्त वडालाई बालबालिका शतप्रतिशत शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमादेवी न्यौपानेले बताइन् ।

नगरपालिका र  वडा कार्यालयको विशेष सहयोगमा चारदेखि १२ वर्ष उमेर समूहका वडाका ५५३ बालबालिकालाई विद्यालय पठाउन सफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । गाउँघरमा रहेका बालबालिकालाई विद्यालयसम्म कसरी पुर्‍याउन सकिन्छ, के कारणले बालबालिका विद्यालय जान सकिरहेका छैनन् र शिक्षित गाउँ कसरी घोषणा गर्न सकिन्छ भन्ने विषयमा मूल्याकंन गरी  निरन्तर काम गर्ने नगरप्रमुख मनोजकुमार आचार्यले बताए । उनले नेपाल सरकारले ल्याएको आधारभूत शिक्षा अनिवार्य नीतिलाई नगरले कडाइका साथ लागू गर्ने जानकारी दिए ।

जिल्लाका २० स्थानीय निकायका २०० वडामध्ये सबैभन्दा पहिला ईश्वरपुर नगरपालिका–४ लाई बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चित वडा घोषणा गरिएको उक्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहालले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : ३९ बजे

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौं– पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु

श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ

कोलम्बो- श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको