भत्किएका नाला यथाशीघ्र बनाउन निर्देशन « Khabarhub

भत्किएका नाला यथाशीघ्र बनाउन निर्देशन


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका– १२ मा निर्माणधीन नाला काम नसकिँदै भत्किएपछि चौतर्फी आलोचना बढेको छ । काम गर्दागर्दै नाला भत्किएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवाला निकाय पूर्वाधार विकास निर्देशनालय सुर्खेतप्रति स्थानीयले आक्रोश पोखेका छन् ।  

हटलाइन सडकअन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिब पाँच सय मिटरमध्ये ५० मिटरभन्दा बढी नाला १८ साउनमा ठेकेदार र प्राविधिकको लापरवाहीले भत्किएको हो । तर अविरल वर्षाका नाला भत्किएको भन्दै निर्माण कम्पनी र सम्बन्धित कार्यालयले मापदण्डमा ध्यान नदिएको पाइएको छ । नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ ।     

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले भत्किएको नाला निरीक्षण गर्दै यथाशीघ्र बनाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो नाला निरीक्षणपछि निर्माण कम्पनीलाई गुणस्तर देखिने गरी निर्माण कार्य सम्पन्न गर्न उनीहरूले निर्देशन दिएका हुन् । 

नाला भत्किनुको यथार्थ कारण पत्ता लगाई निर्माणको क्रममा भएका कमीकमजोरी गर्ने ठेकेदार र प्राविधिक दुवैलाई आवश्यक कारवाही गर्नुपर्ने स्थानीयको माग छ । नाला निरीक्षणको क्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्टले निर्माण कम्पनीले आफूखुसी काम गरेकोले नाला भत्किन पुगेको तर्क गरे ।  

तर निर्माण कम्पनीका साइड म्यानेजिङ डाइरेक्टर रामलालनाथ योगीले प्राकृतिक प्रकोपका कारण नाला भत्किए पनि सरकारी प्राविधिकको दबाबमा काम गर्नुपर्दा स्टिमेटभन्दा बाहिर जाँदा नाला भत्किएको स्विकारेका छन् । आरसीसी नाला बनाउनुपर्नेमा प्लम नालाको ०.५ मिटर स्टिमेट गरिएको र त्यही पनि सरकारी प्राविधिकको दबाबमा सडक लेवलमा नाला बनाउन खोज्दा समस्या आएको निर्माण कम्पनीका सुपरभाइजर शालिकराम आचार्यले बताए ।          

उनका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेजअन्तर्गत करिब एक करोड लागतमा विद्या एन्ड कालिका निर्माण सेवाले ठेक्का लिएको हो । गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर, कम्पनीको ढिलाइले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपुर्‍याएका कारण नाला बीचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : ०९ बजे

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौं– पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु