कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता  « Khabarhub

कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता 


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता भएको छ । कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउने गरी उक्त सम्झौता भएको हो । कुमारी जबका कर्मचारी पनि यो सम्झौताबाट लाभान्वित हुने जनाइएको छ । 

उक्त सम्झौताको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारी भने ‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्छ । कर्मचारीहरूको शारीरिक स्वास्थ्य अवस्था र उनीहरूको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन् । हाम्रो संस्था अथवा वेबसाइट मार्फत आउने उम्मेदवारहरू एवं हाम्रा कर्मचारीहरूको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ।’

काठमाडौँको तीनकुने सुविधानगरस्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिनको लागि इच्छुकले तीनकुनेस्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सकिने बताइएको छ । यसरी वेबसाइटमा अथवा कार्यलयमै गएर दर्ता गरे वापत कुनै शुल्क लाग्ने छैन । कुमारी जबले निशुल्क रुपमा योग्यता अनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवं रोजगारी पाइसकेपछि पनि शुल्क नलाग्ने  बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : ३४ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८