विषयगत मन्त्रालयलाई ताकेता गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन « Khabarhub

विषयगत मन्त्रालयलाई ताकेता गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साउन २ गते नै नयाँ योजनाको अख्तियारी पठाइसकेकाले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन दिएका छन् । उनले अधिकांश जिल्लाका कार्यालय प्रमुख व्यक्तिगत काममा लागेका कारण कार्यालयमा काम नभएको टिप्पणी गरे । 

कर्णाली प्रदेश सरकारको बिहीबार सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्री र सचिवको नाम बेचेर पैसा असुल्ने धन्दामा नलाग्न कर्मचारीलाई आग्रह गरे ।

उनले भने, ‘यस्तो प्रवृत्तिले प्रदेशको काम कसरी हुन्छ रु अबको चार महिनाभित्र प्रतिफल निस्कने गरी काम गर्न मैले तपाईँहरू सबैलाई भनेको छु, मेरो कुरा किन सुन्नुहुन्न ?’ मुख्यमन्त्री शाहीले अगाडि भने, ‘पैसा बुझाएर योजना पारेको भन्ने गुनासोसमेत मुख्यमन्त्री कार्यालयमा आएको छ । राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय सहकार्यबाट नै प्रदेशको विकास हुन्छ । काम गर्नेले थोरै समयमा धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुँदोरहेछ ।’ कानुनभन्दा माथि कोही नभएकाले गलत कामतर्फ नलाग्न मुख्यमन्त्री शाहीले सुझाव दिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : १४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा