हिन्दू किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

हिन्दू किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १६ वर्षीया हिन्दू किशोरीको अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको भन्दै पाकिस्तानमा हिन्दू धर्मावलम्बीहरुले विरोध प्रदर्शन गरेका छन् ।

पाकिस्तानको सिन्ध प्रान्तमा अपहरित हिन्दु किशोरीको धर्म परिवर्तन गरी जबरजस्ती विवाह गराइएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो । सिन्ध प्रान्तको नबाबशाहमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै किशोरीको खोजीका निम्ति आग्रह गरेका थिए । स्थानीय प्रहरीले भने किशोरीको अपहरण नभएको भन्दै उनले भागेर कराँचीको अदालतमा विवाह गरेको बताएको छ ।

हिन्दू पञ्चायतका उपाध्यक्ष लाजपत राईले प्रहरीको दाबी अस्वीकार गर्दै हिन्दू समुदायको प्रतिनिधिमण्डलले प्रहरी अधिकारीलाई भेटेको बताएका छन् । यद्यपि उनले प्रहरी प्रशासनबाट आफूहरूलाई सहयोग नभएको बताएका छन् ।

पाकिस्तानमा महिला, अल्पसङ्ख्यक, बालबालिका र सञ्चारकर्मीहरू माथि विभिन्न दमन र अधिकार उल्लङ्घनका घटनाहरू बढेको पाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ५२ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री