हिन्दू किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

हिन्दू किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १६ वर्षीया हिन्दू किशोरीको अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको भन्दै पाकिस्तानमा हिन्दू धर्मावलम्बीहरुले विरोध प्रदर्शन गरेका छन् ।

पाकिस्तानको सिन्ध प्रान्तमा अपहरित हिन्दु किशोरीको धर्म परिवर्तन गरी जबरजस्ती विवाह गराइएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो । सिन्ध प्रान्तको नबाबशाहमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै किशोरीको खोजीका निम्ति आग्रह गरेका थिए । स्थानीय प्रहरीले भने किशोरीको अपहरण नभएको भन्दै उनले भागेर कराँचीको अदालतमा विवाह गरेको बताएको छ ।

हिन्दू पञ्चायतका उपाध्यक्ष लाजपत राईले प्रहरीको दाबी अस्वीकार गर्दै हिन्दू समुदायको प्रतिनिधिमण्डलले प्रहरी अधिकारीलाई भेटेको बताएका छन् । यद्यपि उनले प्रहरी प्रशासनबाट आफूहरूलाई सहयोग नभएको बताएका छन् ।

पाकिस्तानमा महिला, अल्पसङ्ख्यक, बालबालिका र सञ्चारकर्मीहरू माथि विभिन्न दमन र अधिकार उल्लङ्घनका घटनाहरू बढेको पाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ५२ बजे

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर