आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरूमा हाबी भयो : राजाराम बर्तौला « Khabarhub

आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरूमा हाबी भयो : राजाराम बर्तौला


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्थली– राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा भइरहेको ब्रम्हलुटको अन्त्य गर्नको निमित्त जनताले आगामी निर्वाचनमा राप्रपा नेपाल रोज्नु पर्ने बताएका छन् ।

शुक्रबार रामेछापको मन्थलीमा आयोजित जिल्ला समितिको विस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले मुलुकमा परिवर्तन गर्छौ, समृद्धि ल्याउँछौ भन्नेहरू भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको समेत आरोप लगाए ।

भ्रष्टाचार , कुशासन , धर्म परिवर्तन र बेरोजगारी समस्याको जालो तोड्न जनताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । विदेशी शक्ति खुसी पारेर नेपाली जनतामाथि शासन गर्ने आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरूमा हाबी भएकोले त्यसको अन्त्य अहिलेको प्रमुख आवश्यकता रहेको बर्तौलाको कथन थियो ।

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधव खत्रीले पार्टी र बिचारलाई स्थापित गर्न संगठनलाई केन्द्रमा राखी अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा संगठन विभागका सदस्य सचिव रामसुन्दर विष्ट , केन्द्रीय सदस्य जीवन सुनुवार , दोलखा अध्यक्ष नवराज श्रेष्ठ , रामेछाप अध्यक्ष रामचन्द्र कँडेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : ३४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका