एमाले बारा : ४ वटै निर्वाचन क्षेत्रबाट नाम सिफारिस « Khabarhub

एमाले बारा : ४ वटै निर्वाचन क्षेत्रबाट नाम सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बारा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा आइतबार बसेको क्षेत्रीय कमिटी बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

बैठकले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको निर्वाचनमा अच्युत मैनाली, पुरुषोत्तम पौडेल र मन्जुदेबी साहको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा सदस्यमा सिफारिस भएका मैनाली र पौडेल नेकपा एमाले पोलिटब्युरो सदस्य र मन्जुदेवी साह जिल्ला कमिटीको सदस्य छन् । बैठकले समानुपातिकतर्फ अन्जु नेपाली, दुर्गादेवी घिमिरे, बद्री भट्टराई र पलटप्रसाद चौधरीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक भरत भण्डारीले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकमा एमाले नेता पौडेल र मैनालीले आगामी निर्वाचनको लागि पार्टीले जसलाई टिकट दिए पनि सबै मिलेर जिताउनुपर्ने बताए ।

त्यसैगरी एमालेले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ बलवीर चौधरीको एकल नाम सिफारिस भएको छ ।

चौधरी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बारा जिल्ला इन्चार्ज हुन् । बैठकले रामनाथ बैठा, राजदेव यादव, अमरदेव यादव, सहनाज नेसा, बन्दना सिंह र अरबिन्दप्रसाद यादवलाई समानुपातिकतर्फको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ बाट ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाको नाम सिफारिस भएको छ । सिफारिसमा परेकी साह एमाले पोलिटब्युरो सदस्य र पाण्डे जिल्ला कमिटी उपाध्यक्ष रहेका छन् । क्षेत्र नम्बर ४ बाट देवनारायण चौधरीको एकल नाम सिफारिस भएको छ ।  चौधरी एमाले बारा जिल्ला पूर्वअध्यक्ष हुन् ।

यसअघि शनिबार भएको बैठकले जिल्लाका ८ वटै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट पनि उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ । एमालेले सोमबार क्षेत्रीय कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नाममा थप छलफल गरी प्रदेश समितिमा पठाउने जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : २६ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी