विश्व इतिहासमा आज : बेनेलक्सको स्थापनादेखि मदर टेरेसाको निधनसम्म  « Khabarhub

विश्व इतिहासमा आज : बेनेलक्सको स्थापनादेखि मदर टेरेसाको निधनसम्म 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २० गते सोमबार । सन् २०२२ को सेप्टेम्बर ५ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९७७ सेप्टेम्बर ५ मा भारतीय मिसनरी तथा नोबेल पुरस्कारले विभूषित मदर टेरेसाको निधन भएको थियो । उनको हृदयाघातको कारण निधन भएको थियो ।

सन् १९७७ सेप्टेम्बर ५ मा नासाले फ्लोरिडाबाट ‘भोयेजर १’ प्रक्षेपण गरेको थियो ।

सन् १९७५ सेप्टेम्बर ५ मा क्यालिफर्नियाको स्याक्रामेन्तोमा राष्ट्रपति जेराल्ड फोर्डमाथि हत्याको प्रयास भएको थियो ।

सन् १९७२ सेप्टेम्बर ५ मा म्युनिख ओलम्पिकमा नरसंहार भएको थियो । ओलम्पिक गाउँको अपार्टमेन्टमा बसेका इजरायली खेलाडीमाथि प्यालेस्टिनी आतंकवादीहरुले हमला गर्दा १२  जनाको मृत्यु भएको थियो । साथै ९ खेलाडीलाई बन्धक बनाएको थियो ।

सन् १९४४ सेप्टेम्बर ५ मा आर्थिक र राजनीतिक संघ बेनेलक्सको स्थापना भएको थियो । सो संघमा बेल्जियम, नेदरल्याण्ड्स र लक्जमबर्गको सदस्यता थियो ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३३ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी