बङ्गलादेशमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु


२० भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशमा सडक दुर्घटना भएको छ । राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तर पश्चिममा अवस्थित रङपुर जिल्लामा सवारी दुर्घटना भएको हो ।

आज मध्यराती साढे १२ बजे सवारी दुर्घटना भएको ढाकाबाट प्रकाशित हुने ढाका ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।

यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

सडक दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ५ : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको