काठमाडौँ ७ मा कांग्रेसबाट गुरागाईंको नाम सिफारिस « Khabarhub

काठमाडौँ ७ मा कांग्रेसबाट गुरागाईंको नाम सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौँ ७ मा प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरागाईंसहित डा. रामशरण थपलिया, विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको नाम पनि सिफारिस भएको छ । गुरागाईंको पुर्ख्यौली घर नुवाकोट हो ।

यस्तै, एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, ईन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुयाँलको दाबेदारी रहेको छ । यद्यपि, उनीहरूको नाम सिफारिस भइसकेको छैन ।

यस क्षेत्रबाट एकीकृत समाजवादीबाट वसन्त मानन्धर र जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सूर्य सिलाकारको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : २६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक