हिरासतमा रहेका गुरुङलाई भेटेपछि रवि लामिछानेले भने- मन्त्री श्रेष्ठमाथि अनुसन्धान गरियोस् | Khabarhub Khabarhub

हिरासतमा रहेका गुरुङलाई भेटेपछि रवि लामिछानेले भने- मन्त्री श्रेष्ठमाथि अनुसन्धान गरियोस्


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् ।

सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङलाई भेटेपछि लामिछानेले उनलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् ।

गुरुङले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन् ।

‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नु हुन्छ– ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि डिउटी त गर्नै पर्‍यो ।’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड कुँवरले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै गुरुङलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ५१ बजे

‘जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण’

काठमाडौं– सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण

कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र

नख्खु कारागारलाई थाहा छैन, कति बजे आइपुग्छन् रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

एजेन्सी– रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरी– अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था