अत्याचारको विरुद्ध पार्टीले आवाज उठाउँछ : माधव नेपाल  « Khabarhub

अत्याचारको विरुद्ध पार्टीले आवाज उठाउँछ : माधव नेपाल 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न समुदायलाई हुने अत्याचारको विरुद्ध पार्टीले शसक्त रुपमा आवाज उठाउने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्यप्रणालीमा देखिएका विकृतिविरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपङ्क्तिमा उभिने बताएका हुन्  । उनले महिला हिंसा अन्त्य, गरिबीमा रहेका समुदाय, अल्पसंख्यक लगायतका विषयमा पार्टीको विशेष ध्यान जाने जिकिर गरे ।

अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलित गर्न सक्नुपर्ने धारणा राखे । उनले वास्तविक कम्युनिष्ट बिचार बोकेर हिड्ने आफ्नो मात्रै पार्टी भएको दाबी गरे ।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई रूपान्तरण गर्न सबै दृढ भएर लाग्नुपर्ने बताए । उनले अनुभव र क्षमताका आधारमा पार्टीमा आएका व्यक्तिहरूलाई सम्मानजनक स्थान दिइने धारणा राखे ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेता रणबहादुर रम्तेललाई एकीकृत समाजवादीमा प्रवेश गराइएको थियो ।

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : १३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्