क्रिकेट संघका अध्यक्ष चन्द कांग्रेस बैतडी-१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस « Khabarhub

क्रिकेट संघका अध्यक्ष चन्द कांग्रेस बैतडी-१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी-१ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।

चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन् । कांग्रेस जिल्ला समितिले उनीसहित नौ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसद विनयध्वज चन्द, पूर्व जिल्लासभापति शिवराज भट्ट, पूर्व कार्यकारी सभापति प्रकाशसिंह ठकुन्ना, महासमिति सदस्य दिनेश भट्ट, महाधिवेशन प्रतिनिधि सुरेन्द्र ऐर तथा महासचिव सदस्य तथा पूर्व राज्यमन्त्री केशबबहादुर चन्द लगायत सिफारिस भएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्