भक्तपुर-२ मा एमालेद्वारा प्रतिनिधिसभाका लागि महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस « Khabarhub

भक्तपुर-२ मा एमालेद्वारा प्रतिनिधिसभाका लागि महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए ।

नेता बस्नेतले द्द०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ४४ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक