सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या आउँदैन : डा. भट्टराई « Khabarhub

सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या आउँदैन : डा. भट्टराई


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताए ।

सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन नसके पनि अन्त्यमा सबैको सहमतिमै बाँडफाँट हुने उनको भनाइ थियो ।

अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको उनले बताए । निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ५४ बजे

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल