विकास र समृद्धिका लागि राजनीति गरौं : मन्त्री राई « Khabarhub

विकास र समृद्धिका लागि राजनीति गरौं : मन्त्री राई


२० भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएको बताएका छन्।

राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन्।

गृहजिल्ला बाँकेको डुडुवामा विभिन्न पुलहरूको शिलान्यास गर्दै उनले भने, ‘अब धर्म र साप्रदायिकताको राजनीति छोड्नुस्। सक्नुहुन्छ भने विकास र समृद्धिको राजनीति गर्नुस् र जनताको मन जित्नुस्।’

चुनावका बेला आमनागरिकलाई भ्रममा पार्न र साम्प्रदायिकता भड्काउने गतिविधिहरू बढेको भन्दा त्यस्ता क्रियाकलाप गर्नेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे।

‘यो क्षेत्रबाट धेरैले राजनीति गरे। धेरै नेता भए। सांसद भए। मन्त्रीहरू पनि भए। मन्त्रीमात्रै होइन यही बाँके जिल्लाबाटै राजनीति गर्नेहरू प्रधानमन्त्री पनि भए’ उनले भने ‘तर बाँकेवासीले विकास कहिल्यै पाउन सकेनन्। प्रधानमन्त्री भएको जिल्ला पनि विकासमा सधै पछि नै रह्यो।’

उनले जिल्लामा विकासका अझै तमाम कामहरू अधुरा रहेका र तीनलाई पूरा गर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिने पनि बताए। तर त्यसबाट अत्तालिएकाहरूले आफूविरूद्ध भ्रम छर्न धर्म र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै उनले मिलेर बसेको समाजलाई भत्काउने कोसिस नगर्न पनि चेतावनी दिए।
.

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ८ : ४९ बजे

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६