चीनमा माझीसँगै माझीले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण « Khabarhub

चीनमा माझीसँगै माझीले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण


२० भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको प्रकोप रोक्न चीनले माछा मार्ने माझी मात्रै नभई माझीले समातेका माछाहरु समेत परीक्षण गर्ने गरेको पाइएको छ ।

ब्लूमबर्गका अनुसार चिनियाँ अधिकारीहरुले दक्षिणी फुजियान प्रान्तको सियामेन सहरमा माझीहरुसँगै उनीहरुले समातेको माछामा पनि कोरोना भाइरसको परीक्षण गर्दै आएका छन् ।

सियामेन सहरको तटपारी अवस्थित हाइनान टापुमा कोरोना भाइरसको प्रकोप अझ खराब बन्दै जाँदा अधिकारीहरुले माझी र उनीहरुले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण गर्दै आएका छन् ।

चिनियाँ अधिकारीले माछामा समेत कोरोना भाइरसको परीक्षण गर्दै आएको घटनालाई लिएर भने सामाजिक सञ्जालमा बहस र आलोचना सुरु भएको ब्लुम्बर्गले जनाएको छ ।

सियामेन सहरको जिमेई जिल्लाका अधिकारीहरुले गत जुलाई महिनामा माछामा समेत कोरोना भाइरसको परीक्षण गरिने जनाएका थिए ।

सो क्षेत्रमा रहेका माझीहरुले विदेशबाट अवैध तरिकाले विदेशी माछा आयात गर्ने गरेको र यसकारण कोरोना भाइरसको जोखिम बढ्ने सरकारी अधिकारीको भनाइ छ ।

यसबारे जिमेई क्षेत्रका अधिकारीहरुले कुनै टिप्पणी नगरेको ब्लूम्बर्गले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ९ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको