मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीनको मृत्यु | Khabarhub Khabarhub

मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीनको मृत्यु


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको छ ।

बागमती गाउँपालिका–४ बस्ने वर्ष ४८ की सुस्मिता गोले उक्त रोगको सङ्क्रमण्बाट गम्भीर बिरामी भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको र उनको अहिले उपचार भइरहेको छ । यसैगरी, मकवानपुरमा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज अपराह्नसम्म जिल्लाको मनहरि गाउँपालिकाको विभिन्न वडा र हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा गरी सात सय ५० जना डेङ्गु रोगीको पहिचान भएको र उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले जानकारी दिए ।

उनका अनुसार, डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेको उल्लेख गरे ।

केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको हेटौँडा उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईँले जानकारी दिए । उनका अनुसार, हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ मा हालसम्म सात सय डेङ्गु रोगका बिरामी फेला परेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा हेटौँडा नगरको १ देखि १९ वटै वडामा र मनहरि गाउँपालिकाको विभिन्न वडामा समेत डेङ्गु रोग नियन्त्रणका लागि प्रत्येक वडाको स्थानीय घरमा डेङ्गु रोगविरुद्ध जनचेतना अभियान र लामखुट्टेको लाभा नष्ट गर्ने कार्यका लागि आवश्यक स्वास्थ्यकर्मीलाई १० दिनसम्म खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत तिवारीले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १० : ५९ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’