दसैँ भत्ताको रकम बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई « Khabarhub

दसैँ भत्ताको रकम बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भरतपुर– स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन् । भरतपुर महानगरपालिकाका एक वडासदस्यले मात्रै दसैँ अगाडि प्राप्त गरेको झण्डै ४० हजार भत्ता सामाजिक काममा लगाएका छन् । 

वडा नं १० का सदस्य रेशमराज थापाले प्राप्त भत्तालाई पहिलोपटक शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्दै मङ्गलबार नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई लत्ताकपडा उपलब्ध गराए । 

बालबालिकालाई टिसर्ट, पाइन्ट र जुत्ता प्रदान गर्दै उनले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएकाले आफ्नै वडाभित्रको विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको बताए । ‘यो मेरो सुरुआत मात्रै हो, मैले पाँच वर्षसम्म जे जति भत्ता पाउँछु सबै रकम यसरी नै शिक्षा र स्वास्थ्यमा खर्च गरेर सहयोग गर्नेछु’, वडासदस्य थापाले भने, ‘दसैँको बीचमा कार्यक्रम गरिएकाले धेरै विद्यार्थी समेट्न सकिएन तर आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु ।’ उनले उक्त विद्यालयका विद्यार्थीका साथै भरतपुरमा ठेला व्यवसाय गरी छोराछोरी पढाइ रहेका अभिभावकलाई पनि कपडा सहयोग गरे ।

दसैँमा नयाँ कपडा पाएपछि बालबालिकाको मुहारमा खुसी छाएको थियो । उक्त विद्यालयका अध्यक्ष टेकबहादुर गुरुङले युवा जनप्रतिनिधिको सकारात्मक कार्यले थप ऊर्जा मिलेको बताए । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घरपरिवारले समेत माया नगर्ने गरेको भन्दै उनले जनप्रतिनिधिले दिएको सहयोगले विद्यार्थीलाई हौसला मिलेको छ भने । 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ५० बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी