छ सय ६९ राँगाको बलि चढाइयो « Khabarhub

छ सय ६९ राँगाको बलि चढाइयो


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ  ।  पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए ।

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबभन्दा प्रथम स्थानमा परेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा निवासी सरोज मण्डलको राँगाको बलि चढाइएको थियो । भारदह गाउँभरिबाट बलि प्रदानका लागि आएकाहरुबीच गोलाप्रथा लगाउने अनि जसको पहिलो  नम्बरमा आउँछ  उसैको पशुलाई पहिले  बलि दिइने गरिन्छ ।  

त्यसपछि बलि प्रदानको लागि विभिन्न जिल्ला तथा टिमेकी मुलुक भारतका विहार राज्यबाट आएका अन्य व्यक्तिको राँगालाई बलि दिइएको थियो । मङ्गलबार १२ बजेदेखि सुरु भएको राँगाको बलि साँझ ८ बजे सम्पन्न भएको थियो ।

यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २५ हजारको हाराहारीमा खसीबोकाको  बलि दिएको थियो ।  आफ्नो मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन यहाँ भक्तजन आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।

प्रत्येक वर्ष विजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ । गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो । साथै दुई वर्ष अगाडि कोरोना महामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो । 

कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका बन्द हुँदा त्यहाँका भक्तजन आउन नसकेको हुँदा राँगा बलिमा कमी आएको बताइएको थियो  ।
नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदयपुर, सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायतका ठाउँबाट लाखौँको सङ्ख्यामा आएका दर्शनार्थी यस मन्दिरमा यस वर्ष पनि विगतकै जस्तो भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ४६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल