भक्तपुरमा जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो « Khabarhub

भक्तपुरमा जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ ।

एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् ।

कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए । कुमारीले साइतको टीका लगाए पछि कुमारीको हातबाट टीका लगाउन सर्वसाधारण तलेजु पुगेका छन् ।

अपरान्ह् चार बजेदेखि सर्वसाधारणका लागि टिका लगाउन खुल्ला गरिएको हो । साँझ छ बजेसम्म कुमारीले टीका लगाइदिने भएपछि सर्वसाधारण टीका लगाउन कुमारी घर पुगेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ६ : ४५ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स