ओलीलाई भीम रावलको प्रश्न : म ६७ वर्षको बूढो, तपाईँ ७० वर्षको तन्नेरी कसरी? « Khabarhub

ओलीलाई भीम रावलको प्रश्न : म ६७ वर्षको बूढो, तपाईँ ७० वर्षको तन्नेरी कसरी?


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्।

शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूले भाषण गरिरहेका बेला रावलको पक्षमा नाराबाजी भए पछि ओलीले ‘सुदूरपश्चिममा धेरै रावल रहेकाले बूढो भीम रावलको चिन्ता नगर्न’ आग्रह गरेका थिए।

ओलीको सोही अभिव्यक्तिलाई लिएर रावलले आपत्ति जनाएका हुन्। गएराति सामाजिक सञ्जालमार्फत रावलले पाँच प्रश्नसमेत गरेका छन्। ‘म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो?’ रावलले लेखेका छन्।

साथै रावलले अध्यक्ष ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : १० बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना