बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो : राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो : राजेन्द्र लिङ्देन


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दू – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गरेका छन् । राप्रपा नवलपुरले आज डन्डामा आयोजना गरेको चुनावीसभामा उनले आगामी चुनावमा गलत पार्टी र गलत नेतालाई हराउन आग्रह गरे । ‘देशमा नयाँ परिवर्तनका लागि मत परिवर्नत गर्नै पर्छ’, उनले भने ।

कांग्रेस–माओवादीले उम्मेदवारी दिएको सबै सिट जिते पनि बहुमत ल्याउन नसक्ने उनको जिकीर थियो । ‘कांग्रेस एक्लैले सय सिटमा पनि उम्मेदवारी दिएको छैन, माओवादी एक्लैले त ५० सिटमा पनि उम्मेदवारी दिएको छैन, एमाले र राप्रपा मात्र हो बहुमत सिटमा उम्मेदवारी दिने, जति सिटमा उठाएका छन्, कांग्रेस माओवादीहरुले त्यति सिटै जिते भने पनि बहुमत प्राप्त गर्न सक्दैनन्, अझ एक्लै सरकार बनाउन सक्दैनन् ।’

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : १४ बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस