आचारसंहिताको उल्लङ्घन गर्ने सवारीसाधन प्रहरीको नियन्त्रणमा « Khabarhub

आचारसंहिताको उल्लङ्घन गर्ने सवारीसाधन प्रहरीको नियन्त्रणमा


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३ (१) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(२) का उम्मेदवार दीपेन्द्र ठाकुर, धनुषा–३ का सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा, ३ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादवलगायत अन्य उम्मेदवारहरुले ब्यानर झुण्ड्याएको करिब एक दर्जन सवारीसाधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आचारसंहिताविपरीत सवारीसाधनमा ठूला–ठूला ब्यानर झुण्ड्याएको, अत्यधिक ध्वनी प्रदूषण हुने गरी डिजेमा प्रचारप्रसार गरेकोलगायत गतिविधि गरेकोले नगरभित्रका विभिन्न चोकबाट नेपाली तथा भारतीय नम्बरप्लेटका सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटनाबारे अनुसन्धान सुरु भएको र निर्वाचन आयोगले यसअघि कात्तिक १२ गते पनि धनुषा–३ का उम्मेदवार महतोलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । महतोले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : ४७ बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड