सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा « Khabarhub

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेनेगलमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अल बयात स्टेडियममा इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गरेको हो।

इंग्ल्यान्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे। खेलको ३८ औं मिनेटमा हेन्डरसनको गोलमा इंग्ल्यान्डले अग्रता बनाएको थियो।

दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा ह्यारी केनले गरे भने तेस्रो गोल खेलको ५७ औं मिनेटमा साकाले गरे। यो जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको भेट पक्का गरेको छ।

आइतबारकै पहिलो खेलमा पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगेको छ। आइतबार पोल्याण्ड र सेनेगल विश्वकपबाट बाहिरिएका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : १२ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र