क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डको प्रतिस्पर्धा « Khabarhub

क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डको प्रतिस्पर्धा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डले भेट पक्का गरेका छन् ।

आइतबार राति कतारको अल थुमामा स्टेडियममा भएका दुई खेलमा पोल्यान्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स र सेनेगललाई ३ शून्यले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलमा भेट पक्का गरेका हुन् ।

फ्रान्सका लागि केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे। पहिलो गोल खेलको ४४ औं मिनेटमा फ्रान्सका लागि जेरुडले गरे। एमबाप्पेको पासमा उनले सहज गोल गरेका थिए।

खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सका लागि दोस्रो गोल गरे भने खेलको इन्जुरी समयमा एमबाप्पेले फ्रान्सका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए।

आइतबार दुई गोल गरेसँगै एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन्।

३-० को अग्रता नजिक पुगेको फ्रान्सविरुद्ध इन्जुरी समयमा पोल्याण्डले पाएको पेनाल्टी सदुपयोग गरेको हो। ल्याण्डका रोबर्ट लेवान्डोस्कीले पेनाल्टी गोल गर्दै खेल ३-१ मा फर्काए।

उता, इंग्ल्यान्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे। खेलको ३८ औं मिनेटमा हेन्डरसनको गोलमा इंग्ल्यान्डले अग्रता बनाएको थियो।

दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा ह्यारी केनले गरे भने तेस्रो गोल खेलको ५७ औं मिनेटमा साकाले गरे। यो जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको भेट पक्का गरेको छ।

यसअघि नै नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् । नेदरल्यान्डसले अमेरिकालाई ३–१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । उता अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोलअन्तरले हराउँदै क्वाटरफाइन यात्रा तय गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ३३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ