मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग « Khabarhub

मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ ।

मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो । गत काक्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो ।

यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । सङ्कलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए । यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट सङ्कलित रु ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : २१ बजे

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि