चुनाव पछि सत्ता गठबन्धनको पहिलो बैठक बस्दै « Khabarhub

चुनाव पछि सत्ता गठबन्धनको पहिलो बैठक बस्दै


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि सत्ता गठबन्धनको बैठक पहिलो पटक आज बस्दै छ ।

चुनाव परिणामको समीक्षा र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गर्न आज दिउँसो बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो।

आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि महासचिव देवप्रसाद गुरुङले गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका थिए।

हालै भएको निर्वाचनबाट गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ र माओवादी केन्द्रले १७ सिट जितेको छ। दोलखाको अन्तिम परिणाम आउन बाँकी छ।

समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेका गठबन्धनका अरु दल एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ५५ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम