दोलखा अपडेट : शिवाकोटीसँग कार्कीको मतान्तर १५ « Khabarhub

दोलखा अपडेट : शिवाकोटीसँग कार्कीको मतान्तर १५


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्यका लागि दोलखामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ७८ हजार नौ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार एक सय ९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार एक सय ८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भइसकेका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भए ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : १३ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना