२,२०७ मत गन्न बाँकी हुँदा कार्की ४८६ मतान्तरले अगाडि « Khabarhub

दोलखा अपडेट :

२,२०७ मत गन्न बाँकी हुँदा कार्की ४८६ मतान्तरले अगाडि


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि दोलखामा अब २ हजार २०७ मत गन्न बाँकी रहेको छ।

कूल खसेको ८५ हजार तीन सय ८८ मतमध्ये बिहान ९ बजेसम्म ८३ हजार १८१ मत गणना भइसकेको छ।

लामाबगर र भुषाफेदाको मतगणना सकिँदा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले फेरि अग्रता लिएका छन्।

जारी मतगणनामा उनले ३६ हजार २९१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३५ हजार ८०५ मत पा एका छन्। उनीहरुबीच ४८६ मतान्तर छ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन् ।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ०४ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा