दोलखाबाट माओ‌वादीका कार्की निर्वाचित « Khabarhub

दोलखाबाट माओ‌वादीका कार्की निर्वाचित


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्यमा दोलखाबाट सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।

सोमबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सत्ता गठबन्धनको साथ पाएका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीलाई झिनो मतले पराजित गरेका हुन्।

निर्वाचित कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने सिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

अहिले समानुपातिकको गणना भइरहेको छ । समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितको अन्तरको अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

यससँगै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने माओवादी केन्द्रको सिट १८ पुगेको छ भने सिवाकोटी पराजित भएसँगै एमाले ४४ सिटमा सीमित भएको छ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखा मतपरिणाम आउने अन्तिम जिल्ला पुगेको छ। त्यसअघि बाजुरा र स्याङ्जा २ को परिणाम आएको थियो। यससँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १६५ क्षेत्रको मतपरिणाम आएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ५७ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको