प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक « Khabarhub

प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको छ।

पछिल्लो परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनको साथ पाएका गंगा कार्की विजयी भएसँगै नेकपा माओवादीको सिट १८ पुगेको छ।

समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसकेको एकीकृत समाजवादी प्रत्यक्षमा १० सिट जितेर चौथो स्थानमा रहेको छ। समानुपातिकमा ३ लाख मत कटाएका राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले भने प्रत्यक्षमा समान ७-७ सिट जितेका छन् ।

अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले समान एक/एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १० : ११ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा