कानुनको अभावले खेल क्षेत्रको विकास हुन सकेन : सिंह « Khabarhub

कानुनको अभावले खेल क्षेत्रको विकास हुन सकेन : सिंह


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन्।

नेपाल सेतेरियो कराते केन्द्रीय शाखा डोजोले सोमबार आयोजना गरेको कार्यक्रममा सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐन अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिकका साथै खेल क्षेत्रको विकास सोचे जस्तो गर्न सम्भव नभएको बताएका हुन्।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको उनको भनाइ छ।

त्यसैले अबको दिनमा आफू सङ्घीयता कार्यान्वयन साथै तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा लाग्ने बताए। उनले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गरे। सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबी पनि गरे।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : ३५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका