पार्टीबाट असन्तुष्टसहित ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित « Khabarhub

पार्टीबाट असन्तुष्टसहित ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सोमबारसम्ममा सबै नतिजा आएको हो ।

१६५ सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले ५७ सिट जितेको छ । साथै एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनतम पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेको छ ।

बाँकी ५ सिटमा पार्टीबाट टिकट नपाएका, विद्रोह गरेका र प्रक्रियामा नमिलेर स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित भएका छन् ।

मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरण साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा रेशम चौधरीका बुवा लालवीर चौधरी विजयी भएका छन् ।

मोरङ ५ बाट एमालेका बागी उम्मेदवार बनेका मण्डलले माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमालेले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए ।

सर्लाही ४ मा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह निर्वाचित भएका हुन् । २०७४ सालमा पनि उनी निर्वाचित भएका थिए । तर, यसपटक पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा उठेका थिए ।

यसैगरी रौहतट २ र ३ पनि एमालेसँग असन्तुष्ट समूहका नेता विजयी भए । एमालेसँग असन्तुष्ट भई रौतहट ३ मा प्रभु साहले उम्मेदवारी दिएका थिए । उनी निर्वाचित भए । उनकै समूहबाट रौहतट २ पनि स्वतन्त्र उम्मेदवारी दिएका किरण शाह निर्वाचित भए ।

उता बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्न नपाएपछि रेशम चौधरीका बुबाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पनि निर्वाचित भए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि उनका बुवा स्वतन्त्र  रुपमा उठेका थिए । उनलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : २५ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा