पार्टीबाट असन्तुष्टसहित ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित « Khabarhub

पार्टीबाट असन्तुष्टसहित ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सोमबारसम्ममा सबै नतिजा आएको हो ।

१६५ सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले ५७ सिट जितेको छ । साथै एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनतम पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेको छ ।

बाँकी ५ सिटमा पार्टीबाट टिकट नपाएका, विद्रोह गरेका र प्रक्रियामा नमिलेर स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित भएका छन् ।

मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरण साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा रेशम चौधरीका बुवा लालवीर चौधरी विजयी भएका छन् ।

मोरङ ५ बाट एमालेका बागी उम्मेदवार बनेका मण्डलले माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमालेले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए ।

सर्लाही ४ मा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह निर्वाचित भएका हुन् । २०७४ सालमा पनि उनी निर्वाचित भएका थिए । तर, यसपटक पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा उठेका थिए ।

यसैगरी रौहतट २ र ३ पनि एमालेसँग असन्तुष्ट समूहका नेता विजयी भए । एमालेसँग असन्तुष्ट भई रौतहट ३ मा प्रभु साहले उम्मेदवारी दिएका थिए । उनी निर्वाचित भए । उनकै समूहबाट रौहतट २ पनि स्वतन्त्र उम्मेदवारी दिएका किरण शाह निर्वाचित भए ।

उता बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्न नपाएपछि रेशम चौधरीका बुबाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पनि निर्वाचित भए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि उनका बुवा स्वतन्त्र  रुपमा उठेका थिए । उनलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : २५ बजे

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै