दुर्घटनाका घाइतेको मृत्यु भएपछि आफन्तद्वारा प्रदर्शन « Khabarhub

दुर्घटनाका घाइतेको मृत्यु भएपछि आफन्तद्वारा प्रदर्शन


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंसिर १५ गते दुर्घटनामा परेर घाइते भएका मानिसको मृत्यु भएपछि बाराको जितपुर सिमरामा आफन्तले प्रदर्शन गरेका छन् । दुर्घटनामा परी घाइते भएका जितपुर सिमरामा उपमहानगरपालिका ५ का ३५ वर्षीय विजयी माझीको गत मंसिर १५ गते उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आज सडक अवरोध गर्दै प्रदर्शन गरेका हुन् ।

न्युरो अस्पताल विरगजमा मंसिर १५ गते साझ करिब ५ बजेतिर उनको मृत्यु भएको हो । पथलैया निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा हाल सम्म पहिचान हुन नसकेको सेतो सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभाव भएका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब १ लाख ८० हजार अस्पतालमा भुक्तानी गरेर मंसिर १८ गते जिल्ला अस्पताल कलैयामा पोस्टमाटम गरि आज उनीहरुले शब सडकमा ल्याएर प्रदर्शन गरेका हुन् ।

पूर्व जनप्रतिनिधि वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका ४ छोराछोरी छन् । दुर्घटना भएको ४ दिन सम्मपनी प्रहरीले फरार गाडी पक्राउ नगरेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन गर्नुपरेको आफन्तको भनाइ छ ।

आक्रोसित भीडले सडकमा अवरोध गर्दा करिब १ हजार सवारी साधन सडकमा अलपत्र छन । उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनमा उत्रिएकाहरुले जितपुर चोक सडकखण्ड अवरुद्ध बनाएका छन् । सडकमा सवारीसाधनसमेत चल्न नदिई आन्दोलन भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : ५५ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन